नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् । उनि सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान मार्फत काठमाडौं आउँदै छन ।
पार्टी कामको लागि रौतहट गएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले आफ्नो कार्यक्रम छोट्याएर फर्कने निर्णय गरेका हुन्।
अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा अन्य ९२ जना प्रतिवादी छन् ।

