स्कुल बसको ठक्करबाट ३ वर्षिया बालिकाको मृत्यु

कपिलवस्तुको यशोधरा गाउँपालिका ८ शिवखोरमा मंगलबार बिहान  स्कुल बसको ठक्करबाट ३ वर्षिया बलिकाको मृत्यु भएको छ ।

महाराजगन्ज तर्फ जादै गरेको जामिया अहले सुन्नत नजियाको बसले बाटोमा खेलिरहेकी स्थानीय शिवरतन बरइकी ३ वर्षिया छोरी प्रतिमालाई ठक्कर दिएको  हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?