गुल्मीको मदाने २ मा बाजा बजाउने र भजन कृतन तालिम सम्पन्न

१७ जेठ, गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा बाजा बजाउने तालिम र  भजन कृतन तालिम सम्पन्न भएको छ ।

मदाने मदाने गाउँपालिका वडा नं २ को आयोजनामा  मदाने गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२  को स्विकृत लघुउद्वम कार्यक्रम अन्तर्गत १२ जना महिलाहरुलाई बाजा बजाउने तालिम र १६ जना महिलाहरुलाई  १० दिने भजन कृतन तालिम दिईएको  वडा कार्यालयका कर्मचारी डिल्लीराज भट्टराइले बताए ।

महिलाहरुलाई सीप संग जोडेर आत्म निर्भर बनाउने उदेश्य सहित जेठ ८  देखि जेठ १७( आज )सम्म १० दिन सम्म चलेको कार्यक्रमको आज समापन गरिएको हो ।

आज मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर सेन ओली , वडा नं ६ का वडा अध्यक्ष मनिराम थापा, वडा नं ७ का वडा अध्यक्ष सन्तोष के सि, महिला संजालका अध्यक्ष सीता भुसाल,राजनितिक दलका पार्टी प्रतिनिधि तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

वडा नं २ का वडा अध्यक्ष माधव प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा कार्यलयका कर्मचारी डिल्लिराज भट्टराईले गरेका थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?