१५ जेठ, रुपन्देही । गुल्मेली एकता समाज सैनामैना १ बनकट्टा ले आफ्नो दोस्रो स्थापना दिवस विविध कार्यक्रमको बिच सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष दिर्घनारायण पाण्डेको अध्यक्षता सम्पन्न स्थापना दिवसमा बोल्दै प्रमुख अतिथि नेत्रहीन संघ केन्दिय सचिव शिला घिमिरेले सहयोग,सम्मान र पुरस्कारको महत्व सानो वा ठुलो नहुने हुँदा गुल्मेली समाजले नेत्रहीनलाई सम्मान गरेकोमा धन्यवाद दिँदै छोटो समय २ वर्षमा नै गुल्मेली समाज ले उदाहरणीय कार्य गरेको र समाजमा सकारात्मक सन्देश दिने गरि कार्य गरेकोमा शुभकामना र बधाई व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि रूपन्देही नेत्रहीन संघ जिल्ला अध्यक्ष कृष्ण जिसिले व्यक्ती र संस्थाले समाज परिवर्तनको लागी गर्नु पर्ने संघर्ष र त्यस बाट प्राप्त हुने सफलताको लागि आफ्नो अनुभव सहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक शिवलाल अर्याल ,सल्लाहकार होमा देवि पौडेल, सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एक बहादुर क्षेत्री र लेखा संयोजक चन्द्रकान्त पाण्डे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत ११ जना नेत्रहीनलाई फलफुल वितरण गरिएको थियो । हाल संस्थामा आजीवन सदस्य२१० जना , विशिष्ट सदस्य १९ जना र साधारण सदस्य २०६ जना गरि ४३५ जना सदस्य विस्तार गरिएको छ ।
स्थापना कालदेखि हरेक सामाजिक र परोपकारी कार्यहरुमा सहभागी भएको गुल्मेली एकता समाज सैनामैना १ ले विगतमा जस्तै आगामी दिनहरुमा पनि सामाजिक र परोपकारी कार्य गर्दै जाने बताउदै संस्थालाई सहयोग गर्ने सहयोग दाता, संस्थापक लगायत सबैलाई संस्थाका अध्यक्ष दीर्घ नारायण पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका द्वितीय उपाध्यक्ष सुशिल भण्डारीको स्वागत , समाजका महासचिव पुस्कर भुसालको संचालनमा सम्पन्न भएको थियो।

