१४ जेठ बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिला सहित २ बच्चाको विभत्स हत्या भएको छ ।
होराइजनचोक नजिकै मिलिजुली पथमा ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटनामा उपस्थित स्थानीयले बताएका छन् ।
घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

