बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
मंगलबार बिहान साढे ९ बजे तिर मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि गइरहेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका–२ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गाडीमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार मृतकहरू नेपाल टेलिकमका कर्मचारी हुन्, तर उनीहरूको परिचय खुल्नबाँकी छ। घाइते दुई जनाको भने परिचय खुलेको छ । घाइतेमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा रहेका छन् । उनीहरूको अवस्थागम्भीर रहेकोले थप उपचारका लागि कोल्टी पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

