काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक र उत्तेजनापूर्ण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले राजावादी संयुक्त जनआन्दालेन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनका विषयमा आइतबार प्रधानमन्त्री ओलीले जेठ १५ गते एघार बजे देखि दुईबजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति विधिको शासन विपरीत भएको उल्लेख उक्त अभिव्यक्तिले मूठभेड निम्तिन सक्ने चिन्ता समेत गरेको छ ।
मानव अधिकार आयोगले प्रधानमन्त्री र अन्य पक्षलाई पनि आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानी लगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।


