पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकोछ ।
शनिबार राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्तजिप मादी नदी पुलजको रिलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा रधिरज रौनिहार घाइते भएका छन् । घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ ।
घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । जिपमा पाँच जना यात्रु सवार थिए ।

