भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म – गोविन्द पन्थी

– ( तत्कालिन भिजिट भीषा अनुसंधान गर्ने अधिकार प्राप्त अनुसन्धान अधिकृत नेपाल प्रहरीका तत्कालीन डिएस्पी गोविन्द पन्थीकोभिजिट भिजा सेटिङ कमिसनको चलखेल बारे डरलाग्दो खुलासा  )

-जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्टबाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो ।

त्यस बखत नं पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसंधान तथा कारबाही गर्दथ्यो । तसर्थ एयर्पोर्ट बाट आएका कागजात नं पिलरमा आए । उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो । एक महिनाको अनुसंधानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो ।

त्यस बाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SP रबिन्द्र रेग्मी सर ले SSP सोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण नं पिलर बाट मलाई  हेर्न निर्देशन भएपश्चात् मेरो जिम्मेवारी तोकियो ।

तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसंधान गर्दा सबै नक्कली कागजात तयार गर्ने , कामल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल,एयरलाइन्स , अध्यागम , श्रम बिभाग प्रहरीका केही अधिकारीको मिलोमतोमा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेकोमा तत्कालिन कार्यालय प्रमुख SSP सोमेन्द्र सिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना  दलाल,२०वटा ट्राभल , कन्सल्टेन्सी , नेता कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते सङठित अपराध मुद्दा चलाइएको थियो

उक्त मुद्दालाई सङठितमा लैजान हामिले सरकारी वकिल सङ्ग नोकझोक नै गर्नु परेको थियो  मैले अनुसंधान गर्दा मलाई  अख्तियारमा १६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृहमन्त्रालयका अधिकारिको सङ्लग्नतामा मानव तस्करी भएको दैनिक डेढ करोड देखि करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए ।

जुन कुरा ब्याबसायिक निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारणबाट सम्भब भएको थियो । पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए कतिपय धरौटीमा छुटे । उक्त file अनुसंधानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो । दुई बर्ष भयो बल्ल । आशा गरौ अनुसंधान हुँदै होला ।

धेरै दलाल ठुला तस्करीमा सङ्लग्न दुबइ  भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा , दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको तत्कालीन igp वसन्त कुवरको जोडबल मै भएको बुझिएपछि  ssp सोमेन्द्र सरले रोक्न हालका igp तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन

पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछानेलाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो मैले लेखेको पत्र पछि सार्बजनिक गर्नेछु ।

 तसर्थ साच्चिकै अनुसंधान गरेर तस्करी नियन्त्रण गर्ने शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्दछ । त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिनेछ ।

अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधानको दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ।  यो विषय सुक्ष्म निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ । अबसर लाई सदुपयोग होस । शुभकामना !!!

-गोविन्द पन्थी, अधिवत्ता एवम पुर्व डिएस्पी नेपाल प्रहरी

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?