चितवनमा बस र इभी कार एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
उदयपुरबाट काठमाडौंतर्फ जाँदैगरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरकोकार एक आपसमा ठाक्कर खाएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्करबाट कार चालक खैहरनी नगरपालिका८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिना गम्भिर घाइते भएको र उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

