रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुने

काठमाडौं सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल डा.नहकुल सुवेदीको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्व डीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन्  

सातौँ पटकसम्महेर्न नमिल्नेमा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछिहेर्दाहेर्दैमा राखिएको थियो

बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो  रविको बन्दी प्रत्यक्षीकरण सहित रवि छविका आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूको भनाइ  

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिए

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए

आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?