प्रदेश सांसद चढेको गाडी दुर्घटना

कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

सोमबार प्रदेशसभा सदस्यहरू चढेको गाडी झापाबाट विराटनगर आउँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा ५ च ३५२० नम्बरको कारसँग ठोक्किएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरूको अवस्था सामान्य छ ।‌ तर गाडीमा भने क्षति पुगेको छ । सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?