गुल्मीमा पराजुली समाजको अध्यक्षमा घनश्याम पराजुली चयन

अनिल खत्री

गुल्मी, बैशाख १४ – गुल्मी जिल्लामा आयोजित भेलाबाट पराजुली समाजको नयाँ जिल्ला समिति गठन गरिएको छ। भेलाबाट घनश्याम पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको हो।

नवगठित समितिमा तोयनाथ पराजुली उपाध्यक्ष, धर्मराज पराजुली सचिव र टोपलाल पराजुली कोषाध्यक्ष चयन भएका छन् । सदस्यहरूमा टेकहरी, तुलसा, रोकप्रसाद, मुक्तिराम, पुर्ण, रिता र विष्णु पराजुली रहेका छन् भने दुई पद हाल रिक्त रहेका छन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य  तथा पाल्पा जिल्ला पराजुली समाजका अध्यक्ष हरि पराजुलीको विशेष उपस्थिति रहेको थियो । पूर्व गुल्मी जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली लगायत व्यत्तित्वहरुको सहभागीता रहेको थियो  ।

पराजुली समाजको इतिहासलाई दस्तावेजीकरण गर्ने क्रममा गुल्मी जिल्लाको वंशावली समेत  नवनिर्वाचित अध्यक्ष घनश्याम पराजुलीले तयार गरेर समाजमा ऐतिहासिक योगदान पु–याएका छन ।

भेलाले समाजभित्रको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित समितिले जिल्लाभर छरिएर रहेका पराजुली समुदायबीच सहकार्यको सञ्जाल विस्तार गर्ने जनाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?