बुटवलमा युवती माथि गोली प्रहार

बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको छ । बुटवल ११ बुद्ध नगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथी गोली प्रहार भएको हो ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने बिष्ट माथी गोली प्रहार भएको र उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरीकार्यालय बुटवलले जनाएको छ ।

उनलाइ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ईन्द्र बहादुर रानाले बताए । गोली  प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले बताएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?