पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, एकिकृत समाजवादी लगायत दलहरु सम्बध्द समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।

बैठकमा संविधान, गणतन्त्र र संघीयता विरूद्ध राजावादी शक्तिहरू सकृय भएको लगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंसात्मक प्रदर्शन गर्दा एकीकृत समाजवादीको कार्यालयसँगै केही निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगलागी भएको थियो भने २ जनाको ज्यान समेत गएको थियो  ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?