कालीकोटमा जिप दुर्घटना, ८ जना घाइते

कालीकोटको नरहरिनाथ गाउँपालिका–३ डाँडामाडुमा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् ।

सुर्खेत बाट कुमालगाउँ तर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२००२ च ०७०७ नम्बरको डबल क्याब बोलेरो जिप साँझ ६ः१० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले  बताएको छ ।

प्रहरीका अनुसार जिप ब्याक गर्ने क्रममा अचानक नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?