जुम्लामा भेडापालन प्रवर्द्धन गर्न २ सय ३० जनालाई गोठालो भत्ता

जुम्लामा सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको यहाँका आठवटै स्थानिय तहका ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले बताएको

जिल्लाका भेडापालक किसानलाई प्रोत्साहन स्वरुप प्रोत्साहन भत्ताको लागी  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु ४५ लाख बजेट विनियोजन गरेको थियो

मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्र सहित कर चुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका दुई सय ३० जना भेडापालक किसानलाई रु १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ् थापाले बताए । जिल्लामा भेडा मात्र पाल्ने किसान करिबहजार ७ सय भन्दा बढी छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?