अर्घाखाँची प्रहरी अपराध नियन्त्रणमा सफल : डिएस्पी मल्ल

अनिल नेपाली

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराध नियन्त्रणमा सफल भएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक चक्रवहादुर मल्लले अर्घाखाँचीका नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएकोले सोही अनुसार काम गरिरहेको बताए ।

उनले जनताको गुनासो सुन्न र शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रहरीले गरिरहेका नियमित कामहरु कस्ता छन भन्ने जनताको राय सुझाव लिन प्रहरीले जनतासँग नागरिक सुनुवाइ कार्यक्रम सुरु गरिए‌को बताए ।

उनले जनता र प्रहरीको समन्वयमा जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्दै गएको बताए । मल्लले भने, ‘कहिँकतै हामीवाट कमी कमजोरी भए जनताबाट सुझावको अपेक्षा गरेका छौँ ।  जनताको सकारात्मक सहयोगको प्रहरीले अपेक्षा गरेको छ ।´

अर्घाखाँचीमा हुने विभिन्न प्रकारका जुवातास, लागुऔषध, चौरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न प्रहरीले प्रयास गरिरहेकाले नागरिकले सहयोग गरेमा समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने उनले बताए ।

प्रहरी नायव उपरीक्षक मल्लले जनतासँग राम्रो सम्बन्ध राख्न प्रहरी मैत्री भएर काम गर्ने संकल्प व्यक्त गरे । उनले जिल्ला प्रहरी प्रमुखको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने, प्रत्येक प्रहरी युनिटहरुमा आर्थिक पारदर्शीता कायम गराउने,मानव अधिकारको पूर्ण पालना गर्ने/गराउने, विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्य बनाउने, सीमा सँग जोडिएर हुने गरेका तस्करी र अन्य अपराधका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण काम प्रहरीले गरिरहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको फागुन १ देखि चैत १ गते सम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए । मल्लका अनुसार फागुन महिनामा फरार प्रतिवादी ७  जना पक्राउ गरी कारागार चलान गरिएको छ ।  जसमा कैद अपचलनमा ६ बर्ष २ महिना १५ दिन  रहेको छ भने २५ हजार जरिवाना गरिएको छ जसमा ५ बर्ष भन्दा माथि १ जना अरू कम ६ जना रहेको जनाएको छ र अपाङ्गलाई जबर्जस्ती करणी गरेको आरोपमा  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं  १२ का वर्ष ६३ का गोपाल बस्याल  र भारतीय पैसा सहित एक जनालाई  पक्राउ गरि अनुसन्धान  प्रकृया अगाडि बढाईएको  प्रहरीले  प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रहरीले फागुन महिनामा २६५  प्रहरी साझेदारी कार्यक्रम ५२६० जना लाभान्वित भएको पनि प्रहरीले उल्लेख्य गरेको छ । ट्राफिक प्रहरीले ३२७ वटा सवारी कारवाही गर्दा ५ लाख ३७ हजार राजस्व संकलन गरेको छ भने अबैध भैसि ९ बटा बाट  १५००० बाख्रा ३ वटा २१०० बालुवा बाट ५६९७६ गरि ७४०७६ राजस्व सकलन गरेको छ भने फागुन महिनामा ८ वटा मुद्दा दर्ता गरेकोमा २ वटा मुद्दा फैसला भएको प्रहरीले जनाएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?