अर्घाखाँचीमा इभि गाडी दुर्घटना ७ जना घाइते

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालीकाको पाली हुँदै बुटवल तर्फ जाँदै गरेको लु ०१–००१ज १४०  नम्बरको ev हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।

बिहान अनियन्त्रित भएर गाडी पल्टिदा २ जना मध्यम र ५ जना सामान्य घाइते भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएस्पी) चक्र बहादुर मल्लले जानकारी दिनुभयो । 

प्रहरी घटनास्थलमा पुग्नु अगाडी नै स्थानियको सहयोगमा घाइतेलाई उपचारको लागि बुटवल पठाईएको  डिएस्पी मल्लले बताउनुभयो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?