प्रधानमन्त्रीले आज कोशी प्रदेशसभालाई सम्बोधन गर्दै, मोरङमा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभा बैठक दिउँसो २ बजे बस्नेछ।

यसअघि सुदूरपश्चिम र कर्णाली  प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि, प्रधानमन्त्री ओली बिहान १० बजे मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्ने कार्यक्रम तय गरिएको छ । उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

दिउँसो १२ बजे विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्ने बताइएको छ  । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?