कपिलवस्तुमा १ सय २४ जना परिवारलाई ग्यास चुलो वितरण गरिने

अनिल नेपाली

कपिलवस्तु । खाना पकाउन दाउराको अभाब भईरहेको र नजिकै जङ्गल  नभएकोले खाना पकाउन समस्या हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका  वडा नं  १० का १ सय २४ जना विपन्न र गरिब परिवारलाइ ग्यास चुलो वितरण गरिने भएको छ । 

नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार आफ्नो वडाभित्रका  अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास र चुलो वितरण गरिने वडा अध्यक्ष मन्जु मिश्राले बताइन । वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ १ सय२४  परिवारलाई खाना पकाउने ग्यास चुलो, वितरण गरिने  वडाध्यक्ष मिश्राको भनाइ छ ।

वडाध्यक्ष मिश्राका अनुसार ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिने बताउदै ग्यासले स्वास्थ्यमा सुधार हुने र प्रतिकुल बाताबरण बनाउन सहज हुने बताईन् ।  वडा अध्यक्ष मिश्राले आफू निर्वाचित भएपछि महिलाको समस्यालाई बुझेर बिगत ३ बर्ष देखि नै यो कार्यक्रम निरन्तर अगाडि बढाएको बताईन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?