हिमपातका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

आज बिहान देखि परेको वर्षा र हिमपातका कारण मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पा लगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोलागाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।

सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ ।

हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउने बताउदै अध्यक्ष घर्ति मगरले भने बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?