२०८४ को चुनाव माओवादी एक्लै लड्छ,कसैको बैशाखी टेक्दैन : नेतृ भुशाल

अनिल नेपाली

नेकपा  (माओवादी केन्द्र)की उपाध्यक्ष तथा पुर्व मन्त्री  पम्फा भुसालले २०८४ को चुनाव माओवादी एक्लै लड्ने बताएका छिन । प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तब्य राख्दै भुसालले यस्तो बताईएकी हुन । 

उपाध्यक्ष भुसालले माओवादीको पक्षमा जनलहर देखिएको भन्दै अब कसैको वैशाखी टेक्नु नपर्ने बताउदै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति विरुद्ध अभियान शुरू गर्‍यो, ​जाल–झेल गरेर सरकारबाट हटाइयो, जुन विषय जनताले बुझेको बताउदै भुशालले  वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको बताईन । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशिला श्रीपाली , केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, ठाकुर कुमार विक  लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सेन्टरका अध्यक्ष ऋषिराम भुसालको अध्यक्षता र सचिव बसन्त विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?