बर्दियामा रुख काट्ने क्रममा रुखले थिचेर मोटरसाइकल चालकको मृत्यु

७ फाल्गुण, बर्दियामा रुख काट्ने क्रममा रुखले थिचेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउसो १ :३० बजेको समयमा बर्दिया बा.ना.पा ५ हसनापुर स्थित भित्री सडक खण्ड अन्तर्गत बाँसगाडी बाट सिमरा घरतर्फ जाँदै गरेको मोटरसाइकल रुखले च्यापिदाबर्दिया बढैयाताल गाउँपालिका ३ बस्ने अन्दाजी ४५ बर्षको मोही दिन जागाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ । 

मोही दिन जागाले चलाएको भे  ६ प १३३९ नम्बरको मोटरसाइकल  माथी सालगढी सामुदायिक वनमा रहेको सुकेको सिमलको रुख काट्ने क्रममा ढल्न पुगी चालक माथी पुग्दा मोटरसाइकल चालक गम्भिर घाइते भै उपचारको लागि स्थानीय कौसील्या अस्पताल बासगढिमा पठाएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?