भ्यालेन्टाइन डे’ मा अन्तरजातीय विवाह गरेको जोडीलाई क्रान्तिकारीको सम्मान

अनिल नेपाली

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मा युवक–युवतीले एकआपसमा  आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने  गर्दछन् ।

रुकुमपूर्वमा जिल्लाको भूमे गाउँपालिका वडा नं.३ सुन्तलावारि घर भएका अखिल क्रान्तिकारी रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीले  अन्तरजातीय विवाह गरेका जोडीलाइ सम्मान गरेका छन् ।

गाउँ समाजमा जरा गाडेर बसेको  जातीय विभेद र परम्परागत सोचलाई तोड्न रसाइलीले भूमे ३  सिमाका स्याम कुमार सुनार र उनकी प्रेमी जुनतारा पुनलाई समाजमा उदाहरणीय जोडिलाई प्रणय दिवसअवसर पारेर सम्मान गरेका हुन् ।

अहिलेको २१ औँ शताब्दीको युगमा पनि समाजले जातको कुरा गर्दै बसेको छ। अन्तरजातीय विवाहलाई सहज बनाउन सरकारले  नीतिगत रुपमा परिवर्तन आवश्यक रहेको रसाइलीले बताए ।

नौ वर्ष पहिले प्रेम विहाह गरेका स्यामकुमार र जुनताराको उदाहरणीय जोडीलाई अझैसम्म  माईती पक्षले स्वीकार्न नसकेको जुनताराले बताए । समाजले  हामीलाई हेर्ने दृष्टिकोण फरक छ । तर  पछिल्लो समयसँगै हाम्रो संघर्षले परिणाम देखाईदिएको छ यो नै  हाम्रो  खुसी हो ।

यसरी सम्मान पाउदै स्यामकुमारले भने  माईती पक्षले नस्वीकारे पनि प्रेमी जुनतारा र म खुसीको जीवन विताई रहेका छौँ । नेता रसाइलीले सुन्दर अन्तरजातीजोडिको तस्बिरमा  समाजको  उदाहरणीय बनेको शुभकामना लेखेका छन् । नेता रसाइलीले समाजमा पछडिएको वर्ग र समुदायको आवाज उठाउँदै आएका छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?