रुकुम पूर्वमा खुकुरी प्रहार गरी दुई जनाको हत्या, हत्याराको रहस्यमय मृत्यु

अनिल नेपाली

रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ । भूमे–४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधव राज खरेलले बताए । डीएसपी खरेलका अनुसार फरार भनिएका चन्द्रसिङ पुनलाई टाउकोमा धारिलो चोट लागेको अवस्थामा खुलखुले खोलामा मृत फेला पारिएको छ ।

घटनाबारे अनुसन्धान पछि मात्र थप विवरण आउने प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले बताएको छ  ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?