नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटनामा २३ जना घाइते

२७ माघ, बुटवल। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान साढे ४ बजे तिर नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार  बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको र घाइतेको चितवन मेडिकल कलेजमा उपचार  भैरहेको बताइएको छ । अन्य यात्रु भने सकुशल छन् ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?