लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीले गरे नवनिर्मित बल्कोट प्रहरी चौकीको उद्धघाटन

अनिल नेपाली

अर्घाखाँचीअर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका मा रहेको बल्कोट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको आज एक कार्यक्रमको बिच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले उद्धघाटन गरेका हुन

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी कार्कीले शान्ति सुरक्षामा अर्घाखाँची प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए उनले प्रहरी जनताको साथी भएकाले समस्याको समाधानमा सक्रिय रहनुपर्नेमा जोड दिए

प्रहरीले निडर, निष्पक्ष जनउत्तरदायी सेवा दिनुपर्ने बताउँदै उनले अपराध नियन्त्रण जनताको सुरक्षामा निरन्तर क्रियाशील रहन समेत निर्देशन दिए

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले शान्ति सुरक्षामा प्रहरीको भूमिका अतुलनीय रहेको बताउँदै प्रहरी बर्दीधारी भए पनि जनता बिना बर्दीका प्रहरी भएको टिप्पणी गरे

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले प्रहरी प्रशासन स्थानीय बासी बीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए

नवनिर्मित प्रहरी भवनको संरचना सुविधाबारे ईन्जिनियर प्रहरी नायब निरीक्षक रोशन सारुले जानकारी गराएका थिए उक्त भवन आधुनिक प्रविधियुक्त रहेको प्रहरीसेवासुविधा प्रभावकारी बनाउन निर्माण गरिएको जानकारी दिइएको थियो

कार्यक्रम प्रहरी नायब निरीक्षक रबिन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको थियो जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन प्रहरी नायब निरीक्षक जगन्नाथ मरासिनीले गरेका थिए

सो अवसरमा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो

नयाँ भवन सञ्चालनमा आएपछि बल्कोट प्रहरी चौकीको सेवा प्रवाह थप सहज हुने विश्वास स्थानीयबासीले व्यक्त गरेका छन् अबको दिनमा शान्ति सुरक्षाको प्रवर्धन स्थानीय समुदायसँगको समन्वय अझै प्रभावकारी हुने अपेक्षा गरिएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?