प्रेस सेन्टर गुल्मीको अध्यक्षमा पोख्रेल, २१ सदस्यीय कार्य समिति गठन

प्रेम सुनार

गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मी जिल्लाको चौधो अधिवेशन सम्पन्न भएको छ । आईतबार देखि सुरु भएको अधिवेशनले आइतबारै साँझ नयाँ कार्य समिति सर्वसम्मत चयन गरिए पनि  घोषणा भने सोमबार दिउँसो गरिएको थियो । अधिवेशनले निर्वमान सचिव हुमकान्तपोख्रेसलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा  खुमानन्द फुल्देल (लक्ष्मण ) र बाशुदेव पोखरेल सर्वसम्मत निर्वाचित भएका छन ।  त्यस्तै सचिवमा अमृता सेन्च्युरे निर्वाचित भएकी छन ।  सहसचिवमा प्रदिप भुसाल र प्रियाङका पन्थी, कोषाध्यक्षमा मन्दिरा बिश्वकर्मा   निर्वाचित भएका छन ।  पदाधिकारी सहित २१ सदस्यीय कार्य समिति गठन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।

अधिवेशनको त्यस संगठनको  शुभेच्छुक पार्टी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरबहादुर कार्र्कीले उद्घाटन गरेका थिए । नवगठित कार्य समितिलाई   निर्वाचन केन्द्रिय प्रतिनिधी प्रेस सेन्टर नेपालका  केन्द्र्रिय सचिव प्रेम सुनारले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

त्यस्तै प्रमुख अतिथी कार्की , बिशेष अतिथी सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसी, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, सचिव तथा प्रेस सेन्टर नेपालका फ्याक्शन ईन्चार्ज अशोक थापा , पुर्व माननिय तथा  सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य  गिता थापा , बिभिन्न जनबर्गिय संगठनका नेताहरुले मन्तब्य राखेका थिए ।

त्यस्तै बिशेष अतिथी प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव प्रेम सुनार र केन्द्रिय सदस्य भरत पाण्डले प्रशिक्षण मन्तब्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष हुमकान्त  पोखरेलले प्रतिबद्धता मन्तब्य राखेका थिए ।

अधिवेशनको अवसरमा  त्यस संगठनमा केही सञ्चारकर्मी अन्य संगठन बाट प्रेस सेन्टरमा प्रवेश गरेका थिए । उनिहरुलाई नेताहरुले स्वागत गरेका थिए ।   निर्वाचन मण्डलका संयोजक  कृष्ण पाण्डे , सदस्यहरु भरत चन्द र पुष्कर खडकाले सहमतिका लागि घनिभुत प्रयास गरी सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताएका छन ।

त्यस संगठनमा   यस अघि  अध्यक्ष तिलाचन पाण्डे थिए ।   उद्घाटन सत्रको अध्यक्षता उनै पाण्डे र  निबर्तमान सचिव  हुमकान्त पोखरेलले गरेका थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?