लुम्बिनी प्रदेशले सोमबार सार्वजनिक बिदा दिने

२० माघ दाङ । लुम्बिनी प्रदेशले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।  माघ २० गते (आज) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भोली माघ २१ गते सोमबार प्रदेश स्थापना दिवसको अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै माघ २१ गते सार्वजनिक बिदा दिने जानकारी दिएको छ।

मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिदा दिएको उल्लेख गरिएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?