गैरकानुनी रुपमा (क्रिप्टोकरेन्सी) को कारोबार गर्ने संगठित गिरोह पक्राउ

काठमाडौं  – नेपालमा गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गर्दै आएका एक संगठित गिरोह पक्राउ परेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले विशेष सूचनाका आधारमा देशका विभिन्न स्थानबाट सात जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूमा माइकल डंगौरा , (मास्टर एजेन्ट अनिल ) विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यम कुमार सहनी, रोशनकुमार, र मुन्ना कुमार रहेका छन । उनीहरू काठमाडौं, कैलाली, दोलखा, रौतहट तथा भारतका विभिन्न स्थानमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

वाट्सप , टेलिग्राम,  फेसबुक ,  जस्ता सामाजिक सञ्जालमा ठगीका विज्ञापनहरू सेयर गरेर मानिसहरूलाई प्रलोभनमा पार्ने रउनीहरूका बैंक तथा डिजिटल वालेट खाताहरू प्रयोग गरेर ठगी गर्ने गरिएको अनुसन्धान बाट खुलेको छ ।

संगठित रूपमा परिचालित गिरोहले विभिन्न व्यक्तिहरूलाई झुक्याएर क्रिप्टोकरेन्सी कारोबारमा लगानी गराउन प्रेरित गर्ने, अनलाइनरोजगारीका आकर्षक प्रस्ताव राख्ने, तथा बैंक तथा डिजिटल वालेटहरूको पासवर्ड, OTP कोड आदि मागेर ठगी गर्ने गरेको पाइएको छ।

ठगी गरिएको रकम विभिन्न बैंक तथा डिजिटल वालेटहरू हुँदै स्थानान्तरण गरेर अन्ततः क्रिप्टोकरेन्सी तथा गेम पोइन्टहरू खरिद गर्ने गरिएको पाइएको प्रहरी अनुसन्धानले बताएको छ ।

यस गिरोहले समानान्तर बैंकिङ सञ्चालन गरी नेपालभित्र तथा बाहिर रकम पठाउने कार्यमा समेत संलग्न रहेको पाइएको छ। विदेशमा रहेका नेपालीलाई गैर–बैंकिङ प्रणालीमार्फत सस्तो दरमा रकम पठाउने लोभ देखाएर उनीहरूको रकम समेत ठगी गर्ने गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले निम्न सामग्री बरामद गरेको  छ सुपर कम्प्युटर CPU – २ थान विभिन्न ब्रान्डका मोबाइल – १३ थानविभिन्न बैंकका चेक – १९ थान  नगद रु. ५,५०,०००/- समेत सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?