बुटवल – रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा अनौठो घटना घटेको छ । प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी `प्रेमी–प्रेमिका´घरभित्रै मृत भेटिएका छन ।
बिहे गर्ने भन्दै ४ दिन अघि घरबाट भागेका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।
लोकेन्द्र खड्का र सपना पुन मगर ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको छ । स्थानीयले खोजी गर्दा उनिहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।
लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन । अहिले घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ ।

