अर्घाखाँचीमा भन्सार छलिको समान सहित भारतिय नागरिक पक्राउ

अनिल नेपाली

अर्घाखाँची – अर्घाखाँचीमा भन्सार छलि गरेको आरोपमा समान सहित भारतिय नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ करिब ६ बजे चुत्रावेशी हायस काउन्टर नजिकै भारतिय नागरिक ४५ वर्षीय मोहम्मद ईरफान पक्राउ परेका हुन्  ।

उनले कालो र कमव्याट रंगको दुई वटा झोलामा करिब १ लाख बराबरको विभिन्न कम्पनीका मोटरसाईकलहरुको मोटर पार्टसका सामानहरु बिना विल अवैध रुपमा लिएर आएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताएका हुन् ।

थप अनुसन्धानको लागि ईरफान लाई भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?