गुल्मीको मदाने ६ मा विधुत सर्ट भएर आगलागी, भौतिक संरचनामा क्षति

उ९ माघ, बुटवल । गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दह निवासी तारा प्रसाद श्रेष्ठको होटेलमा विधुतको तार सर्ट भएर आगलागी भएको छ ।

आगलागीका कारण मानवीय क्षति नभए पनि होटेलभित्र रहेका इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा, ग्याँस चुलो, पलङ लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएको वडा सदस्य बसन्त कुँवरले बताउनुभयो ।

करिव ३ महिना अगाडी निर्माण सम्पन्न भएको उक्त होटलमा विधुत सर्ट हुँदा आगलागी भएको र आगलागी बाट के कति रुपैँया बराबरको क्षति भयो त्यसको अनुसन्धान भैरहेको वडा सदस्य कुँवरले बताउनुभयो ।

आजै मदाने गाउँपालिकाको वडा नं २ होलवाङ्मा स्थानिय गोविन्द के.सी. को हिउँदे गोठमा आगलागी हुँदा पशु चौपाया जोगिएको तर गोठ र घाँस जलेर पुर्ण रुपमा नष्ट भएको स्थानिय यमलाल भुशालले बताउनुभयो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?