सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा सैनामैना नगरपालिका नगर प्रमुख फडेन्द्र प्रसाद शर्मा,खानेपानी डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरी, सैनामैना नगरपालिकाका संस्थापक नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्री,वडा नं २ का वडा अध्यक्ष अमर कँडेल, खानेपानी महासङ्घ लुम्बिनी प्रदेशका महासचिव शालिग्राम भण्डारी लगायतको उपस्थिति रहेको संस्थाका सचिव सुशिल भण्डारीले बताए ।
त्यस्तै साधारण सभामा संस्थाका सल्लाहकार, विभिन्न सङ्घ संस्थाबाट प्रमुख तथा प्रतिनिधीको साथै आम उपभोक्ताको उपस्तिथि रहेको र ११ औँ वार्षिक साधारण सभा भव्य र सभ्य रुपमा सम्पन्न भएको सचिव भण्डारीले बताए ।

