प्यूठानमा डस्टविन भित्र नवजात शिशुको शव फालेको आरोपमा २ जना पक्राउ

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकर सहितको सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार बिहीबार राति नै शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको हो । दुवै नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको प्रहरीले बताएको छ । अहिले घटनाको थप अनुसन्धान भैरहेको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?