राष्ट्रिय परिचयपत्र पालिका तहबाटै वितरण गर्ने सरकारको तयारी

४ माघ, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने योजना बनाइएको बताएका छन् ।

कटेलले आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचय पत्र सम्बन्धि भएको छलफलमा सो कुरा बताएका हुन ।  ‘कार्ड सबैतिर सुस्त भएको छ । पालिका तहबाट वितरण गर्ने योजना बनाएका छौँ । अहिले तनहुँमा गरिरहेका छौँ । त्यहाँ सफल भए देशभर लैजान्छौँ  महानिर्देशक कट्टेलले बताए ।

उनले माघ भित्रमा ओपन टेन्डरमा जाने र सेवा प्रदायक छनोट गर्ने र केही क्रिटिकल काम बाहेक सबै नेपाल सरकारले गर्ने भन्ने मोडमा पुगिएको समेत बताउदै त्यसको लागी आवश्यक तयारी समेत गरिएको जानकारी दिएका छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?