कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु १ घाइते

माघ,बुटवल कपिलवस्तुमा गए राती दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन कपिलबस्तुको वाणगंगा नगरपालिका११ स्थित भित्री सडकखण्डमा गए राति करिब १०ः३० बजे दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो

मृत्यु हुनेमा लु १०   ४४९६ नम्बरको मोटरसाइकल चालक, सैनामैना निवासी २७ वर्षीय रोमन थारु भारतिय नम्बर प्लेट भएको यूपी ५५ एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका निवासी ३५ वर्षीय नेहामन अली रहेका छन

उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन

दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?