१ माघ, बुटवल । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको चितवन प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थल तर्फ गएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।


