आज देखी छैटौँ अर्घाखाँची महोत्सव सन्धिखर्कमा सुरु

अनिल नेपाली

२९ पौष, अर्घाखाँची छैटौँ अर्घाखाँची महोत्सव आज देखी अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको महोत्सवको उद्धघाटन गर्दै सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मियाले  देशको अर्थतन्त्र चलायमान गराउनका लागि मेला महोत्सवले  महत्वपूर्ण भूमिका खेल्ने बताएका छन

अर्घाखाँचीमा आज देखि सुरु भएको छैठौ अर्घाखाँची कृषि एवं पर्यटन तथा औधोगिक महोत्सव २०८१ को सन्धिखर्कमा उद्घाटन गदै प्रमुख मियाले यस्तो बताएका हुन प्रमुख मियाले देशको अर्थतन्त्र चलायमान गतिशिल बनाउनको लागि यस्ता महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने तथा स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन तथा जिल्लालाई चिनाउनका लागि भूमिका खेल्ने बताउदै यस्ता किसिमका कार्यक्रममा जिल्लाका सबै राजनीतिक दल व्यबसायी  सरोकारवाला निकाय संघसंस्था सबैले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका थिए

कार्यक्रममा प्रतिनिधि सभाका सांसद बिजुला रायमाझी , लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समिती सभापती जिवनारायण कोइराला , उधोग बाजिण्य संघका केन्द्रिय सदस्य जमाशेर मिया , नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान,नेकपा एमालेका अध्यक्ष पिताम्वर भुसाल, माओवादीका ईन्चार्ज ठाकुर कुमार विक किशोर ,रास्वपाका जिल्ला सभापति हरि भुसाल, एकीकृत समाजबादीका अध्यक्ष राम ब.चौहान, नेपाल समाजबादीका नेता राजु नेपाली लगायत जिल्लामा सकृय राजनितिक दलका प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी , नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए  

कार्यक्रममा मेलाको पहिलो दिन विभिन्न जातजातिको भेषभुषामा झाँकी, विभिन्न जातजातिका सांस्कृतिक झाँकी सङ्घ संस्थाको पहिचान झुल्कने गरी ब्यानर सहितको आफ्नो प्रस्तुति गरेका थिए

महोत्सवमा कृषि स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुका लागिनिःशुल्क स्टलको व्यवस्था मिलाइएको जिल्ला भित्रका स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टलको व्यवस्था मिलाइएको झन्डै सय ५० वटा स्टल रहने मेलामा ५० हजार जना दर्शकले अवलोकन गर्ने करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले गरेको उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति पनि रहने महोत्सव माघ १२ गतेसम्म चल्ने उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता, महासचिव तुल्सिराम खनालको सञ्चालन तथा  उपाध्यक्ष राजन वलीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लाका उधोगी, व्यबसायी, राजनीतिक दल संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?