अनिल नेपाली
२८ पौष अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा भोली (पुष )२९ गतेदेखि देखि माघ १२ गतेसम्म महोत्सव हुने भएको छ ।
सन्धिखर्कको कुँडुलेफाटमा लाग्ने महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्धघाटन गर्ने भएका छन । यस अँघि लुम्बिनी पदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने भनिएको कार्यक्रमको सेडुल परिवर्तन भएको आयोजक उद्योग वाणिज्य संघ अर्घाखँचीले बताएको छ ।
यता सन्धिखर्कमा आइपुगेका सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ ठुला दल मिलेर बनेको सरकारले जन अपेक्षा अनुसार काम गर्न जरुरी रहेको बताएका छन । पत्रकार संगको कुराकानीमा उनले यस्तो बताएका हुन ।
यस्तै बेला बखतमा संविधान संसोधन विषयमा मुख्य २ ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले बिचमा भएको सहमतीमा तलमाथी हुन्छ भने भ्रम मात्र भएको बताए । उनले अहिलेको सरकार आगामी निर्वाचन सम्म जाने बताए ।
सन्धिखर्कमा भोलीदेखि अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्नेछ । मेलामा करिव ५ करोडको कारोबार हुने अर्घाखाँची उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए । मेलामा करिव ३ सय ५० स्टल रहने छन ।

