गुल्मीमा फोटोग्राफर संघको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा न्यौपाने

गुल्मी गुल्मी फोटोग्राफर सङ्घको प्रथम जिल्ला अधिवेशनबाट हरिलाल न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको   तम्घासमा सम्पन्न भएको अधिवेशन वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको प्रमुख अतिथ्यतामा भएको थियो  

समितिको उपाध्यक्ष रेमलाल बस्याल, महासचिव राजकुमार सुनार, कोषाध्यक्ष मेघराज पन्थी,सचिव धनेन्द्र खत्रीसह कोषाध्यक्ष मुक्तबहादुर  ढेँगा प्रवक्ता सुजन न्यौपाने चयन भएका छन्  सदस्यहरुमा केशव अर्याल, अर्जुन अर्याल, अशोक सोमै, प्रकाश घिमिरे, घनश्याम पराजुली, कमल लम्साल ,यादव पाण्डे , देवेन्द्र पन्थी चयन भएका छन् बरिष्ठ सल्लाहकार नन्दराम पाण्डे, गोपाल थापामगर रेमलाल थापा रहेका छन्  

निर्वाचित अध्यक्ष न्यौपानले सबै फोटो स्टुडियो तथा फोटोग्राफी भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरू एकजुट भए मात्रयसको  व्यावसायिक प्रगति हुने बताए उनले आगामी दिनमा गुल्मी फोटोग्राफर संघमा आबद्धहरूको हकहित सुरक्षा संरक्षणका निम्ति हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे

कार्यक्रमका बीचमा वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेलाई फोटोग्राफी क्षेत्रमा पुर्‍याएको योगदान प्रति उच्च सम्मान गर्दै सम्मानपत्र दोसल्ला द्वारा सम्मान गरिएको थियो सो  अवसरमा कोषाध्यक्ष मेघराज पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए  

संस्थाका सचिव राजकुमार सुनारको सञ्चालन तथा संस्थाका सदस्य सुजन न्यौपानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?