राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वको अध्यक्षमा सिर्पाली

अनिल नेपाली

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुमपूर्वको अध्यक्षमा निराजन सिर्पाली सर्वसम्मत निर्वाचित भएका छन शुक्रबार सिस्ने गाउँपालिका रुकुमकोट स्थित विएलबी होटलको हलमा भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सिर्पाली सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपले निर्वाचित भएका छन   

उपाध्यक्षमा बालाराम शेर्पाली, शारदा सुनार, सचिवमा किस्मत शेर्पाली, सह सचिवमा सन्तोष बिक कोषाध्यक्षमा विमला बिक सर्वसम्मत निर्वाचित भएका छन, त्यस्तै सदस्यमा मनिषा बिक, जमुना शेर्पाली, अञ्जना बिक, बबिता शेर्पाली, तेजेन्द्र शेर्पाली, सिर्जन रसाइली भावना बिक सर्वसम्मत निर्वाचित भएका छन  

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वको प्रथम अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता निवर्तमान जिल्ला संयोजक निराजन सिर्पालीको रहेको थियो भने प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, विशेष अतिथिमा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालको रहेको थियो

अन्य अतिथिमा दलित अधिकारकर्मी उपेन्द्रलाल कामी, हर्कविर कामी, सिस्ने गाउँपालिकाका पूर्व उपाध्यक्ष गोवद्र्धन बुढा, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल, सचिव अनिल नेपाली, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष वशन्त बाँठा मगर, प्रेस सेन्टरका जिल्ला अध्यक्षजयमान बुढामगर लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन प्रकाश शेर्पालीले गरेका थिए  

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?