गुल्मीमा यस वर्ष २४ करोड ५० लाख बराबरको सुन्तला उत्पादन

जनार्धन घिमिरे

गुल्मी, २६ पुसगुल्मीमा यस वर्ष २४ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तलाको उत्पादनमा बृद्धि भएको गत बर्ष २३ करोड बराबरको सुन्तला उत्पादन भएकोमा यस वर्ष उत्पादनमा बृद्धि भएको प्रधानमन्त्री तथाकृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले जानकारी दिएकी छन

यस वर्ष १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएको गत बर्ष जिल्लाबाट १२ करोड बराबरको सुन्तला बाहिर निर्यातभएको थियो सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटहरूले फलदिन शुरु गर्नु, समय सयमयमा कृषकरुले सुन्तलालाई उचित मल तथा सिँचाई गर्नु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारणहरू रहेको कार्यालय प्रमुख पोख्रेलले बताईन

जिल्लामा सुन्तला खेती गर्ने परम्परागत प्रबिधिको कारण ९५ प्रतिशत भन्दा बढि सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन बिजु बोटका फेँ जरा कुहिने समस्या देखिएको धुर्कोट गाउँपालिकाका का कृषक शिवलाल खनालले बताए खनालका अनुसार सुन्तला बगैँचामा मलखाद सुक्ष्म तत्वको अभावका कारण पात पहेलो हुने, पातमा छिर्केमिर्र्के देखिने, हाँगा सुक्ने, टुप्पाबाट बोट सुक्दै जाने, फल सानो लाग्ने फल झर्ने बोक्रा बाक्लो हुने जस्ता समस्या देखिने गरेको

जिल्लाका १२ वटै पालिकामा सुन्तला खेती हुने गर्दछ १२ पालिका अन्तर्गत ३७ वडामा सुन्तला जात फलफुल जोन कार्यक्रम लागुभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवतीको लिम्घा लगायता ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दी गरिएको

गुल्मीको सुन्तला निकै रसिलो स्वादिलो हुने भएको कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुने गर्दछ व्यापारिहरू बुटवल, पाल्पा, अर्घाखाँची लयागतका जिल्लाहरू बाट बगैँचामै पुगेर सुन्तला खरिद गर्न आउँछन अहिले बजारमा गुल्मीको सुन्तला प्रति केजी८० रूपैंयादेखि एक सय रूपैयाँ सम्ममा बिक्रिहुँदै आएको सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनिसुन्तलाका विभिन्न जातहरू पहिचान गरि तिनको व्यावसायीकरण गर्न शुरु गरेको कृषि ज्ञान केन्द्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको

परियोजनावाट सुन्तलाको बगैचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाई बोटहरू काँटछाँट लगायतका कार्यक्रम सञ्चालनगर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गंगा पोख्रेलले जानकारी दिएकी छन

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रकोमुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती मदानेको भनभने मुख्य पकेट क्षेत्र रहेका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?