लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई ले गर्यो रौतहटमा राहत वितरण

निरन्तर सामाजिक कार्यमा सकृय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले आज रौतहटको राजदेवी नगरपालिका वडा नं. को पासवान बस्तीमा खाध्यन्न लत्ता कपडा वितरण गरेको

केही दिन अगाडि उक्त बस्तिमा आगलागी भएर १३ घरमा पूर्ण रूपमा क्षति भएको थियो आगलागी बाट मानवीय क्षति नभए पनि केही चौपायाहरुमा क्षति भएको थियो

सहयोग तथा राहत वितरण कार्यक्रममा लायन्स पि आर इन चिप बिष्णु भण्डारी,  लायन्स क्लब लर्ड बुद्धका अध्यक्ष रूप बहादुर रावल, उपाध्यक्ष सहदेव भण्डारी, कोषाध्यक्ष सबिर अन्सारी, क्लब डाइरेक्टर कैलाश के सी, समाजसेवी विवेकानन्द साह, राजदेवी नगरपालिकाका मेयर, उपमेयर वडा अध्यक्ष गाउँका अन्य समाजसेवीहरूको उपस्थिति रहेको लायन्स पि आर इन चिप बिष्णु भण्डारीले बताउनुभयो

उक्त बस्तिमा पुगेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई ले चामल, चिसोका लुगाहरू ब्ल्याङ्केट, कम्मल, चादर आदि सामग्रीहरूको वितरण गरेको लायन्स पि आर इन चिप भण्डारीले बताउनुभयो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?