अनिल नेपाली
२४ पौष, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले आज एक कार्यक्रमका बिचमा जेष्ठ नागरिलाई सम्मान गरेको छ । वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमा बिच वडा भित्र रहेका जेष्ट नागरिलाई सम्मान गर्दै दोसल्ला र मह बितरण गरेको हो ।
सन्धिखर्क नगरपालिका ७ का वडा अध्यक्ष चुरा ब केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै भुसालले कुनै पनिज्येष्ठ नागरिक वृद्ध अवस्थामा घर छाडेर वृद्धाआश्रम जानु नपरेको र सम्मानपूर्वक घरमै बस्न सक्ने वातावरण बनेको छ । यो सम्मान जोगाई राख्न राज्य र समाजको धाराणालाई सकरात्मक बनाउनु जरुरी ठानेको छौं । कुनै पनि नागरिक वृद्ध अवस्थामा पुगे पछि मेरो कोही छैन भन्ने अवस्था नहोस् । उहाँहरुको साथमा स्थानीय सरकार छ भन्ने महशुस गराउन जनप्रतिनिधि कर्मचारीले सकारात्मक रचनात्मक काम गनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मण कडेल पत्रकार अनिल नेपालीले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा वडा भित्र रहेका ८० बर्ष उमेर पुगेका ६२ जना जेष्ठ नागरिकलाई सम्मान सहित दोसल्ला मह वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली,डुकलाल पोख्रेल, पुर्व सदस्य रामलाल खनाल सहितको सहभागीता रहेको थियो । कार्यक्रम वडा सचिव सीता बिसि पराजुलीको सञ्चालन तथा वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

