२४ पुस, बुटवल । बुटवल–पाल्पा सडक अन्तर्गत सिद्धार्थ राजमार्गमा निर्माणाधीन १ हजार ८९ मिटर लामो सिद्धबाबा सुरुङ मार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबार सम्म मुख्य सुरुङ १हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यो आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् ।
यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइनास्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको छ ।
बुटवललाई तानसेन,पोखरा लगायत पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।

