अर्घाखाँचीमा सशस्त्र प्रहरीले गर्यो पर्यटकीय स्थल ढुङ्गे बगैंचा सरसफाइ

अनिल नेपाली

सन्धिखर्क २४ पुस   अर्घाखाँचीको पर्यटकीय स्थल ढुङ्गे बगैचा (रक गार्डेनमा) सशस्त्र प्रहरी अर्घाखाँचीले सरसफाइ गरेको प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको

एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनाबाट त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् कलात्मक रूपमा मानिसहरूले आफै सजाएर योजना अनुसार बनाएर राखेको जस्तो देखिने ति चट्टान अनौठो प्रकृतिका छन् सयौं रोपनी क्षेत्रफलमा फैलिएको अर्घाखाँचीको सन्धिखर्क११ डिभर्नामा रहेको रक गाडेर्न पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदैछ

२४ सशस्त्र प्रहरी दिवसको पुर्व सन्ध्यामा सशस्त्र प्रहरीको ३६ नम्वर गुल्म अर्घाखाँचीले पर्यटकीय स्थल ढुंगे बगैंचामा सरसफाइ गरेको डिएसपी भिमसेन बोहोराले बताउनुभयो  बगैँचा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन्धिखर्क बाट गएको सशस्त्र प्रहरीको टोलीले सरसफाइ गरेर चिटिक्क पारेको  डिएसपी बोहोराको भनाइ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?