२३ पौष,रुपन्देहीको सैनामैना २ मा रहेको श्री कालिका आधारभूत विधालयमा विधालयको गुणस्तर सुधार र अक्षयकोष निर्माणको निम्ती श्रीमदभागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती २०८१ को आयोजनाको आज छैटौ दिन सम्म आइपुग्दा ३२ लाख बढि सहयोग (दान) सङ्कलन भएको छ ।
यही पौष १७ गते बाट संचालन गरिएको श्रीमदभागवत महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरतीको आज छैटौ दिनसम्म आइपुग्दा उत्साहजन उपस्थिति देखिएको र अहिलेसम्म ३२ लाख बढि सहयोग (दान) सङ्कलन भएको यज्ञ सम्पादन मुल समितिका आर्थिक समितिका सदस्य सुरेन्द्र पौडेलले बताए ।
यो महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती गत पौष १७ बाट सुरु भएको र विविध कार्यक्रम सहित भोली २४ गते सम्म चल्ने बताइएको छ । यो यज्ञ बाट सङ्कलित सहयोग रकमले यस विधालयको गुणस्तर सुधारको लागी अक्षयकोष निर्माणको गरिने आर्थिक समिति सदस्य पौडेलले बताए ।

