सैनामैनामा रहेको श्री कालिका स्कुलमा यज्ञ, छैटौँ दिनसम्म १४ लाख बढि सहयोग सङ्कलन

२२ पौष रुपन्देही – रुपन्देहीको सैनामैना २ मा रहेको श्री कालिका आधारभूत विधालयमा विधालयको गुणस्तर सुधार र अक्षयकोष निर्माणको निम्तीश्रीमदभागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती २०८१ को आयोजनाको आज छैटौ दिन सम्म आइपुग्दा करिव १४ लाख बढि सहयोग (दान) सङ्कलन भएको छ ।

यही पौष १७ गते बाट संचालन गरिएको श्रीमदभागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरतीको आज छैटौ दिनसम्म आइपुग्दा उत्साहजन उपस्थिति देखिएको र अहिलेसम्म करिव १४ लाख बढि सहयोग (दान) सङ्कलन भएको यज्ञ सम्पादन मुल समितिका आर्थिक समिति सदस्य सुरेन्द्र पौडेलले बताए ।

यो महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती गत पौष १७ बाट सुरु भएको र विविध कार्यक्रम सहित २४ गते सम्म चल्ने बताइएको छ । यो यज्ञ बाट सङ्कलित सहयोग रकमले यस विधालयको शैक्षिक गुणस्तर सुधारको निम्ती अक्षयकोष निर्माण गरिने आर्थिक समिति सदस्य पौडेलले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?